नयाँ वर्षको अवसरमा बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% छुट

नेपालभ्युज

नयाँ वर्षको अवसरमा बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% छुट

काठमाडौं। विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी नयाँ वर्षको दिनमा सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ।

यस छुट अफरअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।

यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मो बैंक, आईएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेस्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

साथै, हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु १५० सम्म छुटका साथमा अफर पनि कायम नै रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved