‘ए’ डिभिजन लिग : नेपालले एनआरटीलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : नेपालले एनआरटीलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले न्युरोड टिम एनआरटी लाई पराजित गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो।संकटालाई जुनियर एनकेनगुए र मनीष डाँगीले गोल गरे भने एनआरटीको लागि निकोलस सेर्जी सङले गोल फर्काए।

खेलको २२औँ मिनेटमा जुनियरले गोल गर्दै संकटालाई अग्रता दिलाए। ३७औँ मिनेटमा मनिषले संकटाको लागि दोस्रो गोल गरे।

६२औँ मिनेटमा एनआरटीका निकोलसले गोल गर्दै खेललाई २–१ मा पुर्‍याए। अर्को खेलमा हिमालयन शेर्पा क्लबले एपीएफलाई पराजित गरेको हो। च्यासल रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले एपीएफलाई ५–३ गोलअन्तरले पराजित गरेको हो।

हिमालयन शेर्पाको लागि सुदीप श्रेष्ठ, सत्यम शर्मा, अबयोमी फकुन्ले र विश्वास श्रेष्ठले गोल गरे। एपीएफको लागि भने अर्मान्ड बिडौम, सनिश श्रेष्ठ र प्रदिप लामाले गोल गरे।

खेलको आठौं मिनेटमा सुदीपले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए। खेलको २४औँ र २८औँ मिनेटमा सत्यमले क्रमश दोस्रो र तेस्रो गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा एपीएफको लागि अर्मान्डले गोल गर्दै खेललाई ३–१ मा पुर्‍याए।

४७औँ मिनेटमा सनिशले एपीएफको लागि दोस्रो गोल गरे। खेलको ६३औँ मिनेटमा प्रदीपले एपीएफको लागि तेस्रो गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्‍याए।

७५औँ मिनेटमा फकुन्लेले हिमालयन शेर्पाको लागि चौथो गोल गरे। ८९औँ मिनेटमा भने विश्वासले हिमालयन शेर्पाको लागि पाँचौँ गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved