गर्मीमा यसरी गर्नुहोस् कपालको स्याहार

नेपालभ्युज

गर्मीमा यसरी गर्नुहोस् कपालको स्याहार

एजेन्सी । गर्मीमा चर्को घाम, धुलोधुँवा तथा प्रदुषणले छालासँगै कपाललाई पनि नराम्रो असर गर्दछ । गर्मीमा कपाललाई सुन्दर बनाउनका लागि घरमै केही उपायहरु गर्न सकिन्छ । जसले गर्दा तपाईंको कपाल सधैं स्वस्थ र चम्किलो देखिनेछ ।

गर्मीमा चर्को घामले कपालमा हानी पुर्‍याउन सक्छ त्यसैले बाहिर जाँदा कपाललाई ढाक्ने गर्नुहोस् । त्यसका लागि तपाईं सुतीको दुपट्टा तथा सलहरुले स्टाइल गर्न सक्नुहुन्छ ।

त्यस्तै कपाललाई स्वस्थ बनाउनका लागि हप्तामा दुई पटक तपाईंलाई मन पर्ने तेलले मालिस गर्न सक्नुहुन्छ । जसले गर्दा घामले हुने नोक्सानबाट बच्न सकिन्छ । कपाललाई बाँध्नका लागि एकदमै कडा रबर तथा क्लिपको प्रयोग गर्नु हुँदैन । जसले गर्दा कपाल टुक्रिने डर हुन्छ । कपाललाई अलि खुकुलो पारेर बाँध्नुपर्दछ।

गर्मीमा कपालमा रुखोपन बढ्न थाल्छ त्यसैले हरेक दुई तीन महिनामा कपाललाई ट्रिम गर्नु पर्दछ । यसले कपाल स्वस्थ भइरहन्छ । त्यस्तै समय समयमा घरमै कपालमा प्याक बनाएर लगाउन पनि सकिन्छ । त्यसका लागि दही, केरा, मह आदि मिसाएर बनाएको प्याक कपालमा लगाउँदा यसले घामबाट हुने हानीबाट जोगाउँछ ।

गर्मीमा धेरै पसिना आउने र टाउको चिलाउने, चायाँ आउने समस्या पनि हुन्छ जसले गर्दा कपाल खराब हुन्छ । त्यसैले गर्मीमा कपाललाई सफा राख्नुपर्दछ । धेरै पसिनाले कपाल फोहोर भएको बेला तुरुन्त धुने गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved