आईपीएल : पञ्जावलाई हराएर हैदरावादले खाता खोल्यो

नेपालभ्युज

आईपीएल : पञ्जावलाई हराएर हैदरावादले खाता खोल्यो

एजेन्सी। इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा सनराइजर्स हैदरावादले खाता खोलेको छ । गएराती घरेलु मैदानमा पञ्जाव किंग्सलाई ८ विकेटले हराउँदै हैदरावादले ३ खेलमा बल्ल खाता खोलेको हो ।

जितका लागि पञ्जावले दिएको १ सय ४४ रनको मध्यम विजयी लक्ष्य हैदराबादले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा राहुल त्रिपाठीले ४८ बलमा १० चौका र ३ छक्कासहित ७४ रन बनाए ।

कप्तान एडेन माक्ररमले २१ बलमा ६ चौकासहित ३७ रन बनाए । तेस्रो विकेटका लागि राहुल र एडेन माक्ररमले १ सय रनको अविजित शतकीय साझेदारी गरेका थिए । पन्जाबका अर्शदीप सिंह र राहुल चाहरले एक एक विकेट लिए ।

त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

पन्जाबका कप्तान शिखर धवन ६६ बलमा १२ चौका र ५ छक्कासहित सर्वाधिक ९९ रनमा नटआउट रहे । बलिङ्तर्फ हैदरावादका मयंक मार्कण्डेले ४ तथा मार्को ज्यासन र उमरान मल्लिकले २/२ विकेट लिए  ।   हैदरावादको यो पहिलो जित हो भने पञ्जावको पहिलो हार हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved