अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिन्छौंः अर्थमन्त्री डा.महत

नेपालभ्युज

अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिन्छौंः अर्थमन्त्री डा.महत
फाइल फोटो

काठमाडौं ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका छन् । आईतवार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा रहेको भन्दै यस्तो  बताएका हुन् ।

उनले अर्थतन्त्रमा देखिका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागि रहेको बताए । उनले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको बताए। उनले अर्थतन्त्रमा लगानी,बैंकको ब्याजदर,पँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे ।

उनले मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको स्वीकार गरे । उनले विगतमा आर्थिक वृद्धिदर भन्दा बढी राजश्व संकलनको लक्ष्य राख्ने गरेपनि उत्साहजनक रुपमा संकलन हुने गरेको भन्दै चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था नभएको बताए । उनल मुलुकको राजश्व संकलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिवन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताए । उनले सरकारलाई साधरण खर्च धान्न आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर भएको उल्लेख गरे ।

उनले सरकारलाई साधरण खर्च धान्न आन्तरिक ऋण र वाह्य सहयोग र ऋणमा निर्भर हुनु उपयुक्त नभएको बताए । उनले साधरण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिको लगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको बताए । उनले बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाईले सिर्जना गरेका परिस्थितिका कारणले अर्थतन्त्रमा कही अफ्ठ्याराहरु आएको बताए । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने बताए ।

उनले  निराशाको परिस्थितिलाई आशामा रुपान्तरिणत गर्ने लक्ष्यकासाथ काम गरिरहेको बताए । उनले सरकारको साधरण खर्चलाई अत्यन्त कम गर्नेगरी काम गर्ने बताए । उनले सरकारको दायित्व भित्र रहेका तलव,भत्ता,शिक्षा,स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताए ।

‘मुलुकको आर्थिक अवस्था अफ्ठ्यारोमा छ । सरकारले तत्काल सुधार गर्नुपर्ने महशुस गरेको छ । विश्वको आर्थिक वृद्धिदरको अवस्थालाई ध्यानमा राख्दा धेरै निराशा जनक नभए पनि हाम्रो अपेक्षा भन्दा तल हो । जुन एग्रिगेट मागमा समस्या देखिएको छ’ उनले भने, ‘लगानीकर्ताहरुले असहजता महशुस गरिरहेका छन् । बैंकको ब्याजदर ,पुँजीबजारका समस्याहरु छन् । कर्जा लिनहरुले पनि असहता महशुस गरेको अवस्था छ । मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको अवस्था छ ।’

‘विगतमा आर्थिक वृद्धिदर भन्दा बढी राजश्व संकलनको लक्ष्य राख्ने गरेका थियौं । संधै राजश्व उत्साहजनक रुपमा संकलन गरिरहेको अवस्थामा चालु आर्थिक वर्षमा त्यस्तो अवस्था रहेन । मुलुकको राजश्व संकलन भन्सारमा निर्भर छ तर आयात प्रतिवन्ध लगायतको कारण लक्ष्य अनुसार हुन सकेन’, उनले भने ।

अर्थमन्त्री डा. महतले बजेटको प्रभावकारीता कार्यान्वयन गर्ने र उत्पादनशिल क्षेत्रमा लगानीको सुनिश्चित हुनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताए । उनले उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि, वैदेशिक तथा
आन्तरिक लगानी प्रवद्र्धन हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved