रविको निर्देशन : प्रसाईंसँग २ करोड मागेको आरोप लागेका सांसदलाई निलम्बन गर्नू

निलम्बन भइसक्यो : महामन्त्री

नेपालभ्युज

रविको निर्देशन : प्रसाईंसँग २ करोड मागेको आरोप लागेका सांसदलाई निलम्बन गर्नू

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोप लागेका सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गर्न निर्देशन दिएका छन्।

वैशाख १० को उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवार रहेका लामिछानेले आफू काठमाडौं आएर थप निर्णय लिने भन्दै तत्काल निलम्बनचाहिँ गरिहाल्न महामन्त्री डा.मुकुल ढकाललाई निर्देशन दिएका हुन्।

रविले सांसद श्रेष्ठलाई एक साता सम्मको लागि पार्टी काम र सांसदको रूपमा कुनै पनि कार्य नगर्नू भन्ने आशयको ‘निलम्बन पत्र’ दिन भनेका छन्। यता महामन्त्री ढकालले सांसद श्रेष्ठ निलम्बनमा परिसकेको बताए। उनलाई पार्टी सदस्य र सांसदको रूपमा कुनै पनि कार्य गर्न नपाउने गरी पत्र दिइएको बुझिएको छ।

सांसद श्रेष्ठ र प्रसाईंबीचको अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्न गरेको हो। यद्यपि, श्रेष्ठले उक्त कुरालाई अस्वीकार गरेका छन्। उनले आफूले दुर्गा प्रसाईं भन्ने व्यक्ति नै नचिन्ने र अडिओमा सुनिएको आवाजसमेत आफ्नो नभएको जिकिर गरेका छन्।

एक साताको लागि निलम्बन गरे पनि सांसद श्रेष्ठ माथिको आरोपलाई पार्टीको अनुशासन समितिले हेर्ने रास्वपाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved