कर्णालीका मुख्यमन्त्रीको गुनासो- वित्तीय र प्रशासनिक क्षेत्रमा संघीयता आएन

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्रीको गुनासो- वित्तीय र प्रशासनिक क्षेत्रमा संघीयता आएन

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले देशमा संघीयता  आएको भए पनि वित्तीय र प्रशासनिक क्षेत्रमा संघीयता आउन नसकेको बताएका छन् ।

वीरेन्द्रनगरमा शनिबार आयोजना गरिएको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले पनि कर्मचारी तथा बैंक र वित्तीय संस्थामा केन्द्रले केन्द्रीकृत मानसिकता लादिरहेको गुनासो गरे ।

‘अहिलेसम्म राजनीतिक सङ्घीयता आएको छ, राजनीतिक सङ्घीयतालाई अब वित्तीय र प्रशासनिकरूपमा कार्यान्वयन गर्नु आवश्यक छ’, उनले भने, ‘कर्मचारीले आफ्नो सेवा सुविधाअनुसार र जिम्मेवारीअनुसार जनतालाई प्रवाह गर्ने सेवालाई छिटो–छरितो, गुणस्तरीय र प्रभावकारी बनाउन लाग्नुपर्छ ।’

उनले सरुवा, बढुवामात्र नभई जनताको सेवाका लागि सङ्घसङ्गठनलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । ‘म कर्णाली प्रदेश सरकारमा जनताको कामदारका रूपमा रहेको छु, राजनीतिक परिवर्तनअनुसार जनताको अवस्था बदल्न सबै लागि पर्नुपर्ने अवस्था छ । अब जनतातिर फर्केर विधेयक ल्याइनेछ । जनताको आवश्यकतानुसार कर्णालीवासीले अपनत्व लिने गरी नीति लिइनेछ, कानुन निर्माण गरिनेछ’, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved