‘ए’ डिभिजन लिग : फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

च्यासल रंगशालामा शुक्रबार भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो।

नेपालभ्युज

‘ए’ डिभिजन लिग : फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब  शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल रंगशालामा शुक्रबार फ्रेन्ड्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मनाङका लागि दुवै गोल कोफी टिमोथीले गरे । उनले ३४ औँ र ५२ औँ मिनेटमा गोल गरेका थिए ।

६ खेलमध्ये ४ मा जितेको मनाङको १४ अंक भएको छ ।

जावलाखेल युथ क्लब र एफसी खुमलटारबीचको अर्को खेल बराबरीमा सकियो । एन्फा कम्प्लेक्समा भएको खेल २–२ को बराबरीमा सकिएको हो ।

जावलाखेलका लागि एनकोटी मोसाबी र फोडे फोफाना तथा खुमलटारको लागि भने अविशेक लिम्बु र मेसुके ओलुमोउले गोल गरे ।

३२ औँ मिनेटमा मोसाबीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। ३५ औँ मिनेटमा खुमलटारका अभिषेकले गोल गर्दै १–१ को बराबरीमा पुर्याए।

६३ औँ मिनेटमा मेसुकेले खुमलटारको लागि दोस्रो गोल गरे । ८६ औँ मिनेटमा फोफानाले गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।

७ मध्ये ४ मा जित हासिल गरेको जावलाखेल १४ अंकसहित दोस्रो स्थानमा छ । २ मा मात्रै जितेको खुमलटार भने नवौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved