आईपीएल: कोलकत्तासँगको खेलमा बेंग्लोरको लज्जास्पद हार

नेपालभ्युज

आईपीएल: कोलकत्तासँगको खेलमा बेंग्लोरको लज्जास्पद हार

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल रोयल च्यालेन्जर्स बेंग्लोर कोलकत्ता नाईट राईडर्ससँग लज्जास्पद रुपमा पराजित भएको छ । घरेलु मैदान इडन गार्डेनमा कोलकत्ताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो ।

कोलकत्ताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले १७ ओभर ४ बलमा अलआउट हुदै १ सय २३ रन मात्र बनायो ।  बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । माईकल ब्रेसवेलले १९ रन र डेबिड विलीले  २० रन बनाए ।

कोलकत्ताका वरुण चक्रवर्तीले ४ र सुयश शर्मा ३ विकेट लिए । सुनिल नारेन २ तथा शार्दुल ठाकुरले १ विकेट आफ्नो नाम गरे ।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

कोलकत्ताका लागि रहमानुल्लाह गुर्वाज र शार्दुल ठाकुरले अर्धशतकीय ईनिङ खेले । ठाकुरले २९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ६८ रन र रहमानुल्लाह गुर्वाजले ५७ रन बनाए । रिंकु सिंहले ३३ बलमा ४६ रन बनाए । सिंह र ठाकुरले छैटौं विकेटका लागि १ सय ३ रनको साझेदारी गरेका थिए ।

कोलकत्ताका लागि डेबिड विली र कर्ण शर्माले समान २/२ तथा मोहम्मद सिराज,हर्षल पटेल र माईकल ब्रेसवेलले समान १/१ विकेट लिए ।

कोलकत्ता २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । बेंग्लोर २ खेलमा २ अंक सहित सातौं स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved