क्यानडामा शक्तिशाली आँधीका कारण १० लाखभन्दा बढी मानिस प्रभावित

नेपालभ्युज

क्यानडामा शक्तिशाली आँधीका कारण १० लाखभन्दा बढी मानिस प्रभावित
फाइल फोटो

टोरन्टो। क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीका कारण विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा १० लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् ।

असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला बिजुली नहुँदा आँधी प्रभावित भेगका जनता आफूलाई न्यानो पार्न वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य भएका छन् ।

बिहीबार बिहानसम्म क्युबेक प्रान्तका १० लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका विद्युत् सेवा प्रदायक एक कम्पनीले जनाएको छ ।

आँधीले तहसनहस पारेका बोटविरुवा पन्छाउन तथा तिनका हाँगाबिँगाले भरिएका सडक र थिचिएका संरचना सफा गर्न नगरबासीलाई हम्मेहम्मे परेको छ । अधिक चिसोका कारण उनीहरूलाई थप सकस भएको छ । हिउँले लच्किएका बिजुलीका तार रूखमा लत्रिँदा विद्युत् आपूर्तिमा समस्या भएको छ ।

सहायताका लागि नगरप्रमुख र सुरक्षाकर्मीलाई बारम्बार फोन आएको थियो । यद्यपि, उनीहरूले थप सतर्क रहन आग्रह गरेका थिए । नगरका प्रमुख भ्यालेरी प्लान्टेले परिस्थिति सामान्य हुनेबित्तिकै सरसफाइ तथा जनसहयोगका कामलाई तीव्र गतिमा अघि बढाउने बताएका छन्।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved