आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली अंकविहिन

नेपालभ्युज

आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली अंकविहिन

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ ।

गुजरातको यो लगातार दोस्रो जित हो भने दिल्लीले लगातार दोस्रो हार ब्येहोरेको छ । जितको लागि पाएको १ सय ६३ रनको मध्यम विजयी लक्ष्य गुजरातले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

उसका साई सुदर्शनले नटआउट ६२ रन बनाए। यस्तै  डेविड मिलर १६ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । खलिल अहमद र मिचेल मार्शले एक एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान अरुण जेट्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

दिल्लीका अक्षर पटेलले २२ बलमा २ चौका र ३ छक्कासहित ३६ रन बनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved