अभियोगपछि डोनाल्ड ट्रम्प न्युयोर्क अदालतमा

नेपालभ्युज

अभियोगपछि डोनाल्ड ट्रम्प न्युयोर्क अदालतमा

काठमाडौं। यौन मामलामा मुछिएको आरोपमा अभियोग लगाइएपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड  ट्रम्प  न्युयोर्कको म्यानह्याटनको अदालतमा उपस्थित भएका छन्।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई मंगलबार दिउँसो म्यानह्याटनको फौजदारी अदालतमा उपस्थित गराइएको सीएनएनले जनाएको हो ।

ट्रम्पले ऐतिहासिक आपराधिक आरोपहरूको सामना गर्नुअघि सोमबार राति आफ्ना सल्लाहकार वकिलहरूसँग परामर्श लिएको बुझिएको छ।

सन् २०१६ को राष्ट्रपति चुनाव अगाडि एक अश्लील चलचित्रकी अभिनेत्री स्टोर्मी ड्यानियल्सलाई भारी रकम दिएको आरोपमा ट्रम्पमाथि अनुसन्धान चलिरहेको छ।

चुनाव अगाडि ट्रम्पले आफ्नो पूर्ववकिल माइकल कोहेनमार्फत स्टोर्मीलाई एक लाख ३० हजार स्टर्लिङ पाउन्ड दिएको विषय अनुसन्धानको क्रममा छ। दुईबीचको योन सम्बन्ध गोप्य राख्न पैसा दिइएको अनुमान गरिएको छ।

यद्यपि, स्टोर्मीसँग यौन सम्बन्धमा भएको आरोपलाई ट्रम्पले अस्वीकार गर्दै आएका छन्। अपराधिक मुद्दा लड्ने ट्रम्प अमेरिकाका पहिलो पूर्वराष्ट्रपति हुन्।

सुरक्षाकर्मी, पुलिस र अदालतका अधिकृतहरूको संयुक्त समन्वयनमा ट्रम्पलाई न्यूयोर्कबाट लोवर म्यानह्याटन कोर्ट कम्प्लेक्स लगिने व्यवस्था गरिएको छ। उनलाई अदालत लगेपछि मुद्दा पढेर ट्रम्पलाई स्पष्टीकरणका लागि बोल्न दिइनेछ।

मङ्गलबार म्यानह्याटन अदालत अगाडि प्रदर्शन हुने सम्भावना भएसँगै सुरक्षामा कडाइ गरिएको छ।

ट्रम्पले सफाइ पाउनेमा वकिलहरू विश्वस्त रहेका छन् बीबीसीले उल्लेख गरेको छ। ट्रम्प धरौटीमा रिहा भई मार–ए–लोगोस्थित आफ्नो निवासमा जाने अनुमान गरिएको छ।

सोमबार ट्रम्पको पामबीच देखि म्यानह्याटनसम्मको यात्रालाई लाखौँ मानिसले नियालेर हेरेका थिए। पश्चिम पामबीचदेखि क्विन्सस्थित लागार्डिया विमानस्थलसम्मको ४ घण्टाको उडानलाई पनि थुप्रै व्यक्तिले पछ्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved