पुन: विश्वकै लोकप्रिय नेता बने मोदी, बाइडेन आठौं स्थानमा

नेपालभ्युज

पुन: विश्वकै लोकप्रिय नेता बने मोदी, बाइडेन आठौं स्थानमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुन: विश्वकै लोकप्रिय नेता बनेका छन् ।

मर्निङ कन्सल्टले गरेको सर्भेक्षण अनुसार मोदीले विश्वका अन्य नेतालाई पछि पार्दै सबैभन्दा लोकप्रिय नेता बनेका हुन् ।

उक्त सर्वेक्षण अनुसार मोदी  झण्डै ७६ प्रतिशत मानिसको मन जित्दै लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा परेका हुन्  ।

सबैभन्दा लोकप्रिय नेताको सूचीमा दोस्रो स्थानमा मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज ओब्राडोर परे भने तेस्रो स्थानमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज रहेका छन् ।

चौँथो र पाँचौ स्थान  क्रमश: स्विट्जरल्याण्डका अलाइन बर्सेट र बार्जिलका लुला सिल्भाले ओगटेका छन् । त्यस्तै छैटौं स्थानमा इटालीका जर्जियो मेलोनी र सातौं स्थानमा बेल्जियमका डि क्रु छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आठौं स्थान हासिल गरेका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनाक नवौं र क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडो दशौं स्थानमा रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved