‘ए’ डिभिजन लिग : एपीएफ र संकटा विजयी

नेपालभ्युज

‘ए’ डिभिजन लिग : एपीएफ र संकटा विजयी

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितमा एपीएफले तेस्रो जित हासिल गरेको छ। च्यासल रंगशालामा सोमबार भएको खेलमा भने एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो।

एपीएफको लागि हरि कार्की र सबिन गुरुङले गोल गरे। खेलको ५७औँ मिनेटमा हरिले गोल गर्दैै एपीएफलाई अग्रता दिलाए। इन्ज्युरी समयमा सबिनले एपीएफको लागि दोस्रो गोल गरे।

यस्तै, संकटाले भने दोस्रो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एफसी खुमल्टारलाई १–० गोलअन्तरले पराजित गरेको हो।

संकटाको लागि जुनियर ओन्गुएनेले निर्णायक गोल गरे। जुनियरले खेलको २७औँ मिनेटमा गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved