आईपीएल : बैंग्लोरले मुम्बइलाई हरायो, कोहली चम्किए

नेपालभ्युज

 आईपीएल : बैंग्लोरले मुम्बइलाई हरायो, कोहली चम्किए

एजेन्सी। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको छ ।

बैंग्लोरमा आइतबार राती १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको  घरेलु टोलीले १६ ओभर २ बलमा २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

उसका लागि विराट कोहलीले सर्वाधिक ८२ रन बनाए । यस्तै, फाफ डु प्लेसिसले ७३ र ग्लेन म्याक्स वेलले १२ रन जोडे । मुम्बईका अर्शद खान र क्यामरोन ग्रीनले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ८४ रन बनाए यस्तै । बैंग्लोरका लागि कर्ण शर्माले २ विकेट लिए भने मोहम्मद शिराज, रिस टोप्ली, आकाश दीप, हर्षल पटेल र माइकल ब्रेसवेलले एक/एक विकेट लिए ।

यसअघि आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved