आईपीएल : लखनउले दिल्ली र पञ्जाबले कोलकतालाई हरायो

नेपालभ्युज

आईपीएल : लखनउले दिल्ली र पञ्जाबले कोलकतालाई हरायो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ ।

घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई हराउँदै लखनउले विजयी सुरुवात गरेको हो । लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो ।

दिल्लीका कप्तान डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

लखनउका कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले । दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदीप यादवले समान १/१ विकेट लिए ।

हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले हराएको थियो ।

मोहालीमा पञ्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको कोलकता १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि पञ्जाब डीएल पद्धतिका आधारमा ७ रनले विजयी भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved