सबैलाई सम्मान र विश्वासको परिस्थिति निर्माण गर्छौं : उपप्रधानमन्त्री खड्का

नेपालभ्युज

सबैलाई सम्मान र विश्वासको परिस्थिति  निर्माण गर्छौं : उपप्रधानमन्त्री खड्का

काठमाडौं। नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरुसँगको छलफलबाट आफू अघि बढ्ने बताए ।

उनले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताए । न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्यूनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्वपूर्ण नीतिगत सुधारका कामहरू अघि सार्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved