कांग्रेस छाडेका स्वर्णिमले आजै गर्दैछन् रास्वपा प्रवेशको घोषणा ?

दिउँसो ३ बजे कांग्रेस छाडेका नेपाली कांग्रेस निकट अर्थविद् स्वर्णिम वाग्ले केही घण्टापछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन्।

नेपालभ्युज

कांग्रेस छाडेका स्वर्णिमले आजै गर्दैछन् रास्वपा प्रवेशको घोषणा ?

काठमाडौं। दिउँसो ३ बजे कांग्रेस छाडेका नेपाली कांग्रेस निकट अर्थविद् स्वर्णिम वाग्ले केही घण्टापछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन्।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्मासँग भेट्न अस्विकार गरेका वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका पदाधिकारीसँग छलफलमा छन्।

पार्टी छाडेलगत्तै फेसबुकमा उनले पार्टीमा आफ्नो योगदानको कदर नभएको र कांग्रेस परिवारवादमा फसेको आरोप लगाएका थिए। फेसबुक स्टाटस लेख्नुअघि उनले डा. शेखर कोइराला, महामन्त्री थापा र शर्मा तथा गोविन्द पोख्रेल सहित ४ नेतालाई मोबाइलमा मेसेज पठाएका थिए।

रास्वपा सभापति लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा. मुकुल ढकाललगायत पदाधिकारीसँगको छलफलपछि वाग्लेले आजै पार्टी प्रवेशको घोषणा गर्ने स्रोतको दाबी छ। वाग्लेलाई रास्वपाले तनहुँ १ बाट उम्मेदवार बनाउने तयारी गरेको छ।

कांग्रेस परित्याग गर्दै स्वर्णिमले भने- ऐतिहासिक दल दाइ-भाउजूको अक्षम गिरोहमा परिणत भयो

उनी बिहीबार नै तनहुँ पुगेर भूगोल र वस्तुस्थितिसहित मतदाताको भावना बुझेर काठमाडौं फर्केका हुन्। स्वर्णिमले आजै रास्वपामा खुलेको सार्वजनिक घोषणा गर्ने तयारी गरेको रास्वपाका एक नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved