कांग्रेस परित्याग गर्दै स्वर्णिमले भने- ऐतिहासिक दल दाइ-भाउजूको अक्षम गिरोहमा परिणत भयो

उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा उम्मेदवार बन्ने चर्चा छ । तनहुँ १ सहित चितवन २ र बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

नेपालभ्युज

कांग्रेस परित्याग गर्दै स्वर्णिमले भने- ऐतिहासिक दल दाइ-भाउजूको अक्षम गिरोहमा परिणत भयो

काठमाडौं । स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् ।

कांग्रेस परित्याग गर्दै उनले पार्टी दाइ–भाउजू–साला–भतिजको अक्षम गिरोहमा परिणत भएको टिप्पणी गरेका छन् । आफ्नो आधिकारिक र प्रमाणित फेसबूकमा उनले लेखेका छन्— जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजू-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।

उनले विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण आजको आवश्यकता रहेको बताएका छन् । ‘अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवम् विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ,’ उनले भनेका छन् ।

यस्तै उनले  सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको मुद्दा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने जानकारी दिएका छन् ।

उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा उम्मेदवार बन्ने चर्चा छ । तनहुँ १ सहित चितवन २ र बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved