एपीएफले जित्यो ललितपुर मेयर्स कपको उपाधि

नेपालभ्युज

एपीएफले जित्यो ललितपुर मेयर्स कपको उपाधि

काठमाडौं। एपीएफले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गरेको हो । अपराजित रहेको एपीएफले मेयर्स कपको उपाधि लगातार तेस्रो पटक जितेको हो ।

१५५ रनको लक्ष्य पछ्याएको कोशीले पूरै ओभर खेलेर ६ विकेट क्षतिमा मात्र १०० रन बनायो ।

यसअघि, सन् २०२१ मा भएको पहिलो संस्करणमा ललितपुर मेयर्स–११ ले १ सय ४४ रन बनाएको थियो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ३५ र लकिता राजवंशीले अविजित २१ रन जोडिन्।

एपीएफका लागि बिनु बुढाले २ तथा नेरी थापा, सोनु खड्का र रेखा रावलले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेलेर १ विकेट क्षतिमा १५४ रन बनाएको थियो । ललितपुर मेयर्स कपको इतिहासमा नै यो उच्च योगफल हो ।

एपीएफका लागि सीता राना मगरले अविजित ७९ रनको योगदान गरिन् । ६८ बलमा उनले ९ चौका र २ छक्का प्रहार गरेकी थिइन । इन्दु बर्मा ५१ रनमा अविजित रहिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved