कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज विहीबार बस्दैछ ।

बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी सूचना जारी भएको छ । यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको हो ।

बैठकमा सरकारमा सहभागी हुने र मन्त्री  बन्ने नेताहरुको विषयमा छलफल हुनेछ । वर्तमान सरकारमा नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति भएको  छ । कांग्रेसले उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved