विराटनगरमा प्रहरी र आन्दोलनकारीबीच झडप

नेपालभ्युज

विराटनगरमा प्रहरी र आन्दोलनकारीबीच झडप
फाइल फोटो

काडमाडौं। प्रदेशको नामाकरणमा पहिचान मेटेर कोशी नामाकरण गरेको विरोधमा आज पनि विराटनगरमा प्रदर्शन र झडप भएको छ। आन्दोलनरत समूह र प्रहरीबीच झडपमा केही घाइते भएका छन्।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही सेल अश्रुग्यास र लाठीचार्ज गरेको छ । सडकमा छरिएर रहेका प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् ।

प्रदेश १ को प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएपछि आन्दोलनले थप उग्र रूप लिँदै गएको छ।

चैत्र ५ गतेको आन्दोलनमा पदम लिम्बू घाइते भई चैत १० मा उनको मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ । प्रदर्शनकारीले जिल्ला–जिल्लामा समेत मुख्यमन्त्री, मन्त्री र सांसदलाई घेर्ने, लखेट्ने गरिरहेका छन्।

मंगलबार पनि प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved