राप्रपा बैठक : यी हुन् निर्णयहरु

नेपालभ्युज

राप्रपा बैठक : यी हुन् निर्णयहरु

काठमाडौं ।  राप्रपाको केन्द्रीय पदाधिकारी बैठक सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले उपनिर्वाचनमा उम्मेदवार दिने लगायतका अन्य विविध छ वटा निर्णयहरु गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

यी हुन् बैठकका निर्णयहरु

१. आगामी बैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुन गइरहेको तनहुँ-१, चितवन-२ र बारा-२ मा राप्रपाले आफ्नो उमेदवार खडा गर्नेछ । निर्वाचन परिचालनका लागि बारा-२ मा वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा वरिष्ठ नेता,उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकिएको छ।

२. पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी ०८० बैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरि तय गरिएको छ।

३. हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समिक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी बैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरिएको छ।

४. आगामी बैशाखदेखि सक्रिय सदस्यता वितरण अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ। यसक्रममा ०८० भित्र पार्टीमा दुई लाख सक्रिय सदस्य बनाउने लक्ष्य निर्धारण गरिएको छ ।

५. पार्टीको राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासंग सम्बन्धित विषयमा बैठकले आन्दोलनमा केन्द्रीत हुने गरि छलफल चलाएको छ। आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा महामन्त्री शरद पाठक र सह महामन्त्री झनक प्याकुरेल रहेको समिति गठन गरिएको छ ।

६. पार्टीले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्ला बाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय गरेको छ। यसरी जिल्लामा खटिने नेताहरूको कार्यक्षेत्र तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले जिम्मेवारी प्रदान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved