मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुनजस्तो भएँ : मन्त्री किराती

नेपालभ्युज

मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुनजस्तो भएँ : मन्त्री किराती
फाइल तस्वीर

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि सोचेजस्तो काम नहुँदा आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित अमिन नेसनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सांसद हुँदा मन्त्री बनेपछि ठूला ठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरे पनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताए । उनले मन्त्री बनिसकेपछि आफू सिदा उठाएर हिँड्ने सोह्र श्राद्धको बाहुनजस्तो भएको बताए ।

उनले भने, ‘ म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ । हतारहतार सिदा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु । अन्तिमसम्म कार्यक्रममा बस्न सकिनँ । मानिसको प्राचीन विधा गीत, संगीत हो । प्रेमगीत त आमाबाट सिर्जित भयो । राजनीतिज्ञ र क्रान्तिकारीहरु झनै धेरै प्रमी हुन्छ । जसले प्रेम गर्न जान्दैन, त्यसले त देश पनि चलाउन जान्दैन । तर गीत जस्तो जीवन हुँदैन । जीवन र गीतको व्यवहारिक तालमेल धेरै टाढा छ ।’

मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरुको तुलनामा झनै बढी प्रेमिल हुने बताए । उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved