महिला फुटबल टोलीको वरीयतामा सुधार

१०३ औँ स्थानमा भएको नेपाल १०० औँ स्थानमा उक्लिएको छ।

नेपालभ्युज

महिला फुटबल टोलीको वरीयतामा सुधार

काठमाडौं। नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा भएको छ।

फिफाले शुक्रबार सार्वजनिक गरेको सुचीमा नेपालको वरीयतामा ३ सुधार भएको हो।

१०३औँ स्थानमा भएको नेपाल १००औँ स्थानमा उक्लिएको छ। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २०औँ स्थानमा छ।

दक्षिण एसियाली राष्ट्रको सूचीमा भने नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दा अगाडि भएको भारत विश्व वरीयता ६१औँ स्थानमा छ।

अमेरिका भने शीर्ष स्थानमा रहेको छ। जर्मनी, स्वीडेन, इङ्ल्यान्ड र फ्रान्स क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved