कपाल बाक्लो बनाउन के खाने ?

नेपालभ्युज

कपाल बाक्लो बनाउन के खाने ?

एजेन्सी । अहिलेको जीवनशैली, खानपान, तनाव तथा सही पानीको प्रयोग नगर्नाले कपाल झर्ने समस्या पनि आम रुपमा देखिन्छ ।

कपालसम्बन्धी समस्या भनेकै झर्ने नै मुख्य भएको छ । कपाल झर्न रोक्नका लागि कैयौं प्रकारको तेल, स्याम्पु आदिको प्रयोग गरिन्छ तर पनि कपाल झर्न कम नै हुँदैन । त्यसैले कपाललाई पनि भित्रैदेखि बलियो बनाउन एकदमै जरुरी छ । जसका लागि पोषक तत्वले भरिपूर्ण भएका चीजहरु खान जरुरी छ ।

आज हामी यहाँ त्यस्तै केही खानेकुराहरुका बारेमा बताउनेछौं जसलाई खाँदा कपाल बाक्लो हुनुका साथै झर्ने समस्या कम हुन्छ ।

करी पत्ता

करी पत्तामा भिटामिन, आइरन तथा प्रोटिन पाइन्छ, जो कपालका लागि एकदमै फाइदाजनक हुन्छन् । करी पत्ताको सेवनले कपाल झर्न, टुक्रिन तथा अनियमित रुपमा सेतो हुन कम हुन्छ । साथै कपाल बाक्लो बन्दै जान्छ ।

त्यसैले कपालको समस्याबाट छुट्कारा पाउनका लागि तपाईं बिहान खालीपेट करी पत्ता चपाएर खान सक्नुहुन्छ । यसका साथै कुनै शेक वा जुसमा करी पत्तालाई समावेश गरेर पिउन पनि सकिन्छ ।

त्रिफला

त्रिफला चुर्णमा एन्टीअक्सीडेन्ट प्रसस्त मात्रामा पाइन्छ । यही कारणले गर्दा त्रिफलालाई कपालको लागि एकदमै राम्रो औषधी मानिएको हो । कपाललाई बाक्लो बनाउनका लागि त्रिफलाको चिया वा सुप बनाएर पिउन सकिन्छ ।

ध्यान दिनु पर्ने कुरा, त्रिफलाले शरीरमा गर्मी बनाउँछ त्यसैले धेरै सेवन गर्नु हुँदैन । दिनमा एक गिलास चिया बनाएर पिउन सकिन्छ ।

अमला

अमलालाई भिटामिन सीको राम्रो स्रोत मानिन्छ । यसबाहेक अमलामा फाइबर, फोलेट, आइरन, ओमेगा ३, म्याग्नेशियम र क्याल्सियम जस्ता पोषक तत्व पाइन्छन् । यसले कपालको जरामा भएको समस्यालाई समाधान गरी कपाल राम्रो तथा बाक्लो बनाउन सहयोग गर्छ ।

हरियो अमलाको चटनी, मुरब्बा, सुकाएको धुलो आदि खान सकिन्छ । यसको धुलोलाई एलोबेरासँग मिसाएर कपालको जरामा लगाउन पनि सकिन्छ ।

बदाम

बदाम (मुंगफली) को सेवन गर्दा पनि कपालको समस्याबाट छुट्कारा पाउन सकिन्छ । बदाममा पाइने पोषक तत्वले कपालमा पोषण दिन्छ र कपाल झर्न, टुक्रिन कम हुन्छ ।

कपाल बाक्लो बनाउनका लागि बदामलाई रातभर पानीमा भिजाएर राख्नुहोस् र बिहान खाली पेट यसको सेवन गर्नुहोस् । तपाईंको केही दिनमै कपालमा परिवर्तन आउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved