चप्पल कारखानामा दुर्घटना : दुईवटा गाडी र तीनवटा मोटरसाइकल ठोक्किए

नेपालभ्युज

चप्पल कारखानामा दुर्घटना : दुईवटा गाडी र तीनवटा मोटरसाइकल ठोक्किए

काठमाडौं। काठमाडौंको चप्पल कारखाना (रिङरोड सडक)मा सवारी दुर्घटना भएको छ। बिहीबार सवा तीन बजे दुईवटा गाडी, दुईवटा बाइक र एक स्कुटर ठोक्किएका हुन्।

चक्रपथ रुटमा चल्ने गाडी र एक भ्यान आपसमा ठोक्किँदा अरू मोटरसाइकल र स्कुटर पनि जुधेका थिए । दुर्घटनामा एक दर्जन व्यक्ति घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ ।

घाइते सबैलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved