प्रमाणीकरणमा नपरेका पूर्व लडाकूलाई राहत दिने मन्त्रिपरिषद्को निर्णय

नेपालभ्युज

प्रमाणीकरणमा नपरेका पूर्व लडाकूलाई राहत दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रसंघको प्रमाणीकरणमा नपरेका माओवादीका पूर्व लडाकूलाई राहत दिने निर्णय गरेको छ ।

सोमबार विहान बसेको मन्त्रिपरिषदको बैठकले प्रमाणीकरणमा नपरेका लडाकूलाई कार्यविधि बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

१० वर्षे सशस्त्र द्वन्द्व सकिएपछि राष्ट्रसंघीय मिशन अनमिनले माओवादीका  ४ हजार ९ जनालाई  मापदण्ड नपुगेको भन्दै प्रमाणीकरण बाहिर राखेको थियो ।

यस्तै बैठकले रासायनिक मल दिइँदै आएको अनुदान कटौती गर्ने यसअघिको निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved