संसदबाहिर नेताहरुको प्रतिक्रिया, कसले के भने ?

नेपालभ्युज

संसदबाहिर नेताहरुको प्रतिक्रिया, कसले के भने ?
फाइल फोटो

काठमाडौं ।  नेपाली काँग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका  छन् ।  सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् । उनले सरकारलाई पूर्णता दिन सम्पूर्ण रुपले गृहकार्य हुने बताए ।

उनले भन, ‘अब सरकारले चाँडै पूर्णता पाउँछ । काममा केन्द्रीत हुनुपर्ने समय छ । सम्पूर्ण शक्ति अब काममा लगाउनुपर्छ । डेलिभरी दिनुपर्छ । अब त सरकारले पूर्णता पाउनेतिरै सम्पूर्ण गृहकार्य हुन्छ ।’ नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले एमाले प्रतिपक्षमा बसेर भएपनि राष्ट्र र जनताको हितको मुद्दा उठाउने प्रतिक्रिया दिए । उनले जनताको हितमा पार्टीले भुमिका निर्वाह गर्ने र सरकारलाई सोही अनुरुप दबाब दिने बताए ।

उनले भने, ‘एमाले सरकारमा रहेको अवस्थामा राष्ट्र र जनताको हितमा कामहरु सम्पादन गर्ने, कार्यान्वयन गर्नेगरी भुमिका निर्वाह गर्छ । सरकार बाहिर रहेको अवस्थामा पनि राष्ट्र र जनताको हीतमा नै मुद्दा उठाउँछ, सरकारलाई दबाब दिन्छ । जनताका हितका लागि भुमिका निर्वाह गर्छ । एमालेलाई जनताको हितमा काम गर्नका लागि सरकार नै चाहिन्छ भन्ने कुरा छैन ।’

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सरकारले छिटोभन्दा छिटो पूर्णता पाउने बताए । उनले प्रधानमन्त्रीले गरेको प्रतिवद्धताहरु द्रुत गतिमा कार्यान्वयन हुने बताए । त्यस्तै उपमहासचिव शर्माले शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरुको गठबन्धन भएकाले अहिलेको सत्तारुढ गठबन्धन प्राकृतिक गठबन्धन भएको बताए । गठबन्धन संसदको पूर्ण कार्यकाल अगाडी बढ्ने उनको भनाई छ ।

उनले भने, ‘आज भोलि सरकार निर्माण बारे छलफल हुन्छ र छिटोभन्दा छिटो सरकारले पूर्णता पाउँछ । कार्यविभाजन हुन्छ । त्यसपछि प्रधानमन्त्रीज्युले गर्नुभएका प्रतिवद्धताहरु द्रुत गतिमा कार्यान्वयनको दिशामा अगाडी बढ्छ । प्राकृतिक गठबन्धन भएको छ । शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु पक्षधरहरुको गठबन्धन हो । निर्वाचनमा पनि बनेको गठबन्धन थियो । त्यो गठबन्धन स्वभाविक रुपले अगाडी बढेको छ । संसदको पूर्ण कार्यकाललाई अगाडी बढाउँछ ।’

जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले पनि आफ्नो पार्टी छिट्टै सरकारमा सहभागि हुने बताए । यद्यपी चैत ८ गते पार्टीको कार्यकारिणी समिति बैठकले निर्णय गर्ने उनको भनाई छ ।

उनले भने, ‘सरकारमा सहभागि चाँडै भइन्छ । चाँडै सरकारले पूर्णता पाउँछ । हाम्रो कार्यकारिणी बैठक ८ गते छ, त्यसले निर्णय गर्छ । यहाँ अहिले जति दलले समर्थन गर्नुभएको छ, संघीयता लोकतन्त्र र गणतन्त्रप्रति पुरै प्रतिवद्ध पार्टीहरु छ । परिवर्तनका मुद्दामा सहमत पार्टीहरु जहिल्यै पनि एक भएर जान्छन् । त्यो हामीले गर्न पनि आवश्यक छ ।’

उनले गठबन्धनले परिवर्तनका मुद्दाहरु बोकेको भन्दै आगामी दिनमा पनि एक भएर अगाडी बढ्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved