राजनीति फुटाउने खेल हो, खेलकुदचाँही जोड्ने : मेयर बालेन

नेपालभ्युज

राजनीति फुटाउने खेल हो, खेलकुदचाँही जोड्ने : मेयर बालेन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले खेल क्षेत्रले सबैलाई जोड्ने बताएका छन् ।  शहीद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार  नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेपछि बालेनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।

बालेनले लेखेका छन्, ‘राजनीति फुटाउने खेल हो, खेलकुद चाहिँ जोड्ने खेल हो अब जोड्ने खेललाई प्रबर्द्धन गर्ने हामी सबैको दायित्व हो । राष्ट्रिय क्रिकेटलाई फुटबलको सम्मान, यो सम्मान जोड्ने खेलको अनुपम नमुना हो ।’

अब खेल क्षेत्रलाई प्रवर्द्धन गर्न सबै लाग्नुपर्ने उनले बताएका छन् । मेयर शाह आज भएको उक्त सम्मान कार्यक्रममा उपस्थित भएका थिए। ​


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved