कांग्रेसलाई ०८४ साल अगाडि नै प्रतिपक्षमा पुर्‍याउँछौं : ओली

नेपालभ्युज

कांग्रेसलाई ०८४ साल अगाडि नै प्रतिपक्षमा पुर्‍याउँछौं : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सत्तापक्षबाट प्रतिपक्ष बनाउन ०८४ सालको चुनाव पर्खनै नपर्ने बताएका छन्।

उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। गत फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनपछि अध्यक्ष ओलीले यही ठाउँबाट कांग्रेससँग मिल्न सकिने अभिव्यक्ति दिएका थिए।

त्यतिबेलै ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै कांग्रेस महामन्त्री थापाले ०८४ सालसम्म त्यो सम्भव नभएको बताएका थिए । एमाले अध्यक्ष ओलीले आज त्यसैको जवाफ दिँदै भने,–‘एकजना चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ?’

अध्यक्ष ओलीले अहिले १० दलीय गठबन्धनको नाममा भएको मिलनलाई ‘प्रजातान्त्रिक सिस्टम’ भन्दा पनि ‘साँठगाँठवाला सिस्टम’ भन्नुपर्नेसमेत बताए।

उपराष्ट्रपति निर्वाचनको मतगणना बाँकी हुँदै उनले हारजितबारे भने–‘डोमोक्रेटिक सिस्टममा हारजित हुने कुरा स्वाभाविक हो।’

उनले साँठगाँठको सिस्टममा कसले जित्यो कसले हार्‍यो ? कसको शक्ति कति ? भन्ने कुरै भएन भन्दै झटारोसमेत हाने। ‘अहिले त जनमत पार्टीले पनि उपराष्ट्रपतिमा उम्मेदवार उठाएको छ’ उनको व्यंग्य थियो–‘यस्तोमा के हिसाब हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved