अमेरिकाको शिकागो विमानस्थलमा एयर इन्डियाका ३ सय जना यात्रु अलपत्र

नेपालभ्युज

अमेरिकाको शिकागो विमानस्थलमा एयर इन्डियाका ३ सय जना यात्रु अलपत्र

एजेन्सी।अमेरिकाको शिकागो विमानस्थलमा एयर इन्डियाका ३ सय जना यात्रु अलपत्र परेका छन् ।

विमानको प्राविधिक समस्याका कारण २४ घण्टाभन्दा बढी  समयदेखि उडान हुन नसकेपछि यात्रु अलपत्र परेका हुन् । वास्तवमा, यो उडान मंगलबार भारतीय समय अनुसार साढे १ बजे शिकागोबाट उड्ने थियो। तर अझै पनि उडानले उडान गरेको छैन।

गोपालकृष्ण सोलंकी नाम गरेका यात्रुले करिब २४ घण्टादेखि तीन सय यात्रु उडानको प्रतिक्षामा रहेको तर उडानबारे केही थाहा नभएको बताए । यसबारे एयरलाइन्सलाई सोध्दा उनीहरुको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

अर्का यात्रुले भिडियो सार्वजनिक गरेका छन् । ‘वास्तवमा के भइरहेको छ हामीलाई थाहा नभएको उनले बताए । हामीलाई कहिले उडान हुन्छ थाहा छैन,’ उनले भनेका छन् ।

यस विषयमा एयर इन्डियाका प्रवक्ताले मार्च १४ मा प्राविधिक समस्याका कारण उडान रद्द गर्नुपरेको बताए । यात्रुलाई सहयोग भइरहेको उनले बताए । उनीहरुलाई अर्को उडानबाट दिल्ली पठाउने प्रयास भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved