१० दलीय गठबन्धनको बैठक निस्कर्षविहीन

नेपालभ्युज

काठमाडौं ।  १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष  टुंगिएको हो ।

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको  माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए । उनले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताए ।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यक्ताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल शुरु भएको छ ।’

नेता बस्नेतले सरकार विस्तार लगायतका विषयमा पनि बैठकमा छलफल शुरु भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved