भारतमा हिन्दू-मुस्लिममा द्वन्द्व चर्काउँदै भाजपा नेता ईश्वरप्पा

नेपालभ्युज

भारतमा हिन्दू-मुस्लिममा द्वन्द्व चर्काउँदै भाजपा नेता ईश्वरप्पा

काठमाडौं। भारतीय जनता पार्टीका नेता केएस ईश्वरप्पाले भारतमा हिन्दू-मुस्लिम द्वन्द्व चर्काउने गरी अभिव्यक्ति दिएका छन्। उनी आफूलाई कट्टर हिन्दूवादी ठान्छन्।

उनले मुस्लिम धर्मगुरु अल्लाहलाई ‘के अल्लाहले कान सुन्दैनन् ?’ भन्दै प्रश्नसमेत गरेका छन्। कर्नाटकका भाजपा नेता ईश्वरप्पाले मस्जिदमा चर्को स्वरमा माइक बजाउने कुराको विरोध गर्दै त्यस्ता मस्जिदलाई भत्काउनेसमेत चेतावनी दिएका छन्।

उनले चर्को ध्वनिले कर्नाटकका जनतालाई सास्ती पुगेको र आफूलाई पनि टाउको दुख्ने गरेको समेत बताएका छन्। उनले केही महिनापछि हुने कर्नाटकमा चुनाव जितेपछि मस्जिदका सबै माइक हटाइदिने चेतावनीसमेत दिएका छन्।

ईश्वरप्पा यतिबेला कर्नाटकमा रथयात्रा गर्दै भोट मागिरहेको र उनले मुसलमान समुदायलाई लक्षित गरी अभिव्यक्ति दिइरहेको भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ।

‘चुनावपछि हाम्रो सरकार आउनेछ। त्यसछि सबै माइक हटाइदिन्छु’ उनले भनेका छन्–‘यसले विद्यार्थी, बिरामी र सर्वसाधारणलाई हैरान बनाइसक्यो।’

उनले हिन्दूको मन्दिर भत्काएर निर्माण भएका सबै मस्जिद भत्काउने र भारतलाई हिन्दूराष्ट्र बनाउनेसमेत बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले के सोच्छन् आफूलाई थाहा नभएको, तर आफू हिन्दू राष्ट्रको पक्षमा रहेको उनको भनाइ छ।

केहि वर्ष अगाडि ईश्वरप्पाले मुस्लिम समुदायलाई पाकिस्तान जानसमेत भनेको बारे दैनिक भाष्करले सोधेको प्रश्नमा उनले आफूले पाकिस्तान जान नभनेको तर मुसलमानले गुण्डागर्दी मच्चाएको बारे बोलेको समेत स्पष्ट गरेका छन्।

उनले केही दिनअघि कर्नाटकको शान्तिनगरको सभामा पनि भड्काउ भाषण दिएको भन्दै उनको आलोचना भएपछि त्यसको जवाफमा ईश्वरप्पाले भनेका छन्–‘भारत सरकारले देशद्रोहीलाई लात मार्छ, गौ हत्या गर्नेलाई घरमै डोजर चलाउँछ र हिन्दू कार्यकर्तालाई जिस्काउनेलाई छाड्दैनसमेत भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved