‘ए’ डिभिजन लिग : फ्रेन्ड्सको पहिलो जित

नेपालभ्युज

‘ए’ डिभिजन लिग :  फ्रेन्ड्सको पहिलो जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले पहिलो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

फ्रेन्ड्सका लागि रफिक अमिनु र प्रकाश बुढाथोकीले गोल गरे। जावलाखेलको लागि भने फोडे फोफानाले गोल फर्काए। खेलको १९औँ मिनेटमा रफिक अमिनुले गोल गर्दैं फ्रेन्ड्सलाई अग्रता दिलाए। ४०औँ मिनेटमा प्रकाश बुढाथोकीले फ्रेन्ड्सको लागि दोस्रो गोल गरे।

८७औँ मिनेटमा फोफानाले जवलाखेलको लागि गोल गरे। खेलको इन्ज्युरी समयमा सिमान्त थापालाई रेड कार्ड दिइएको थियो। जारी लिगमा यो दोस्रो रेड कार्ड हो। सातदोबाटो युथ क्लबविरुद्धको खेलमा एपीएफका अडामा डौम्बियालाई पहिलो रेड कार्ड दिइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved