लिग–२ क्रिकेट

पीएनजीसामु नेपालले पायो ९६ रनको सामान्य लक्ष्य, सन्दीपको फाइफर

नेपालभ्युज

पीएनजीसामु नेपालले पायो ९६ रनको सामान्य लक्ष्य, सन्दीपको फाइफर

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्यू गिनी पीएनजीलाई १ सय भन्दा कम रनमा प्याक गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पीएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भएको हो ।

पीएनजीका कप्तान असाद भालाले २० र सेसे बाउले १८ रनको योगदान गरे । अन्यको व्याटिङ उल्लेख्य रहेन ।

सन्दीप लामिछानेले ५ विकेट लिएपछि पीएनजी सस्तैमा अलआउट भएको हो । कुशल मल्ल र ललित राजवंशीले २–२, तथा सोमपाल कामीले १ विकेट लिए ।

३१ औं ओभरको अन्तिम बलमा सेमो कामियालाई क्लिन बोल्ड गर्दै सन्दीपले फाइफर पुरा गरे । १० ओभर बलिङ गरेका उनले २५ रन मात्रै दिए ।

लिग २ क्रिकेटमा सन्दीपको ७१ विकेट पुगेको छ । उनी धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनीभन्दा अगाडी ओमानका बिलाल खान छन् । जसले ७६ विकेट लिएका छन् ।

लिग २ क्रिकेटमा नेपालको अब दुई खेलमात्रै बाँकी छ । आज पीएनजी र आगामी बिहीबार यूएईलाई हराउन सके नेपाल विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।

नेपालले लिग २ कै माध्यमबाट ४ वर्षका लागि एकदिवशीय मान्यता बचाइसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved