पहेंलो दाँतलाई मोतीजस्तो चम्काउने घरेलु उपाय

यस्तो घरेलु विधिबाट रातारात दाँत चम्किने त हुँदैन तर यसका लागि नियमित प्रयोग गरिरहनु पर्ने हुन्छ । आखिरमा फल भने राम्रो प्राप्त हुनेछ । जसले दाँत चम्किलो बनाउनुका साथै मुखसम्बन्धी रोगहरुबाट पनि मुक्त हुन सकिनेछ ।

नेपालभ्युज

पहेंलो दाँतलाई मोतीजस्तो चम्काउने घरेलु उपाय

एजेन्सी । उमेरसँगै हाम्रो दाँतमा पनि असर देखिन थाल्छ । जवानीमा जस्तो दाँत सेतो टल्किने कम हुँदै जान्छ जसले गर्दा दाँत जति घोटे पनि पहेंलो देखिन सक्छ ।

हुन त बजारमा अनेक प्रकारका मञ्जनहरु पाइन्छन् जसले दाँत चम्काउने दावा गर्दछन् । तर बिना रासायनिक पदार्थ दाँत चम्काउने इच्छा कसलाई हुँदैन । घरेलु आयुर्वेदिक तरिकाले चम्काउँदा यसको कुनै साइड इफेक्ट पनि हुँदैन ।

यस्तो घरेलु विधिबाट रातारात दाँत चम्किने त हुँदैन तर यसका लागि नियमित प्रयोग गरिरहनु पर्ने हुन्छ । आखिरमा फल भने राम्रो प्राप्त हुनेछ । जसले दाँत चम्किलो बनाउनुका साथै मुखसम्बन्धी रोगहरुबाट पनि मुक्त हुन सकिनेछ ।

१. ओयल पुलिङ

मुखमा तेल घुमाउने प्रक्रियालाई ‘ओयल पुलिङ’ भनिन्छ । यो एउटा आयुर्वेदिक तरिका हो जसलाई गर्नाले दाँत तथा गिजाबाट किटाणुहरुलाई बाहिर निकाल्न सकिन्छ । यसले मुखमा भएका घाउहरुलाई पनि निको पार्ने काम गर्छ । साथै यसले मुखको मांसपेशीहरुको पनि व्यायाम गराउँछ ।

विधि

– तोरी वा नरिवल खाने तेल प्रयोग गर्नुहोस् ।
– सानो एक चम्चाजति तेलले १५ देखि २० मिनेट मुखमा घुमाएर थुक्नुहोस् ।

२. निमको डाँठ

दाँतलाई सफा गर्नका लागि निमको डाँठको प्रयोग गर्नुहोस् । यसलाई चबाउँदा एन्टी ब्याक्टेरियल पदार्थ उत्पन्न हुन्छ जसले मुखको स्वास्थ्यलाई राम्रो बनाउने काम गर्दछ ।

विधि

– निमको कान्छीऔंला जति मोटो डाँठ लिनुहोस् ।
– यसलाई ब्रस जस्तो बनाउन थोरै भाग चबाउनुहोस् र उक्त रस थुक्नुहोस् ।
– अब उक्त ब्रसलाई अन्य ब्रसले जस्तै दाँतहरु चारैतिरबाट घोट्नुहोस् ।
– ब्रस गरिसकेपछि दाँतमा लागेको डाँठको टुक्राहरुलाई थुक्नुहोस् ।

३. दिनमा दुईपटक ब्रस गर्नुहोस्

खाना खाइसकेपछि हरेक पटक ब्रस गर्न आवश्यक हुन्छ । खासगरी चकलेट जस्ता दाँतमा टाँसिने चिज खाएपछि ब्रस गर्नु एकदमै जरुरी छ । त्यसो त हरेक पटक खानापछि ब्रस गर्न सम्भव हुँदैन । तर बिहान र साँझ दुईपटक भने अनिवार्य ब्रस गर्नुपर्दछ ।

लामो समय बसेर काम गर्ने धेरै नबोल्ने खालको काम छ भने तपाईंले त्यो बीचमा केही खानुहुन्छ र ब्रस गर्नुहुन्न भने पनि तपाईंको दाँतमा असर पर्दछ । त्यसैले ब्रस नगरेपनि केही खाएपछि कुल्ला गर्न भने कहिल्यै नभुल्नुहोस् । यसले खानेकुराहरु दाँतमा रहँदैन जसले गर्दा संक्रमणबाट जोखिन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved