रामचन्द्र पौडेलले पार्टी जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत

नेपालभ्युज

रामचन्द्र पौडेलले पार्टी जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता रामचन्द्र पौडेल आइतबार पार्टीको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । २५ फागुनमा सम्पन्न राष्ट्रपति निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग भएको घोषणा गर्दै राजीनामा दिएका थिए ।

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागु हुने गरी पौडेलको राजीनामा स्वीकृत गरेका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

‘नेपाली कांग्रेसमा लामो समयसम्म आवद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गर्दै सभापति देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुनु हुनेछ र उहाँको कार्यकाल सदैब स्मरणीय रहनेछ भन्ने विश्वासका साथ सभापति श्री देउवाले सम्माननीय राष्ट्रपतिलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ,’ मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved