केन्द्रीय सर्भरमा समस्या हुँदा देशभर स्वास्थ्य बिमा कार्यक्रम अवरुद्ध

नेपालभ्युज

केन्द्रीय सर्भरमा समस्या हुँदा देशभर स्वास्थ्य बिमा कार्यक्रम अवरुद्ध

काठमाडौं। स्वास्थ्य बिमा कार्यक्रम लागू भएका देशभरका अस्पतालमा आइतबार बिहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको भन्दै अस्पतालहरूले समेत सेवा स्थगित गरेको जनाएका छन्।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ । स्वास्थ्य बिमा बोर्डले पनि बिहानैबाट सर्भरमा समस्या आएको जनाएको छ ।

यो समस्याको निराकरणका लागि प्राविधिकहरू काममा खटिइसकेको र केही समयमा सेवा सुचारु हुनसक्ने भनिएको छ। स्वास्थ्य बिमाको काम शनिबार बन्द हुने भएकाले हिजोका सेवाग्राहीको समेत आज भीड लागेको छ ।

तर, सबै अस्पतालहरूले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन् । जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved