उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धन र एमालेको बैठक बस्दै

नेपालभ्युज

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धन र एमालेको बैठक बस्दै

काठमाडौं। उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धन र नेकपा एमालेको बैठक  बस्दैछ । उम्मेदवारी दर्ता गर्नुअघि गठबन्धन र एमालेको बैठक बस्न लागेको हो ।   गठबन्धनको बैठक उपराष्ट्रपतिको उम्मेदवार, गठबन्धन विस्तारलगायतको विषयमा छलफल केन्द्रित रहने जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । उपराष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।

यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन बैठक बस्न एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। आज उपराष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदैछ ।

एमालेबाट उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्यलाई उठाउने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved