माधव नेपालप्रति ओलीको टिप्पणी-पार्टी चोइटाएर प्रतिक्रियावादीको सेवामा समर्पित भए

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन्।

नेपालभ्युज

माधव नेपालप्रति ओलीको टिप्पणी-पार्टी चोइटाएर प्रतिक्रियावादीको सेवामा समर्पित भए

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन्।

विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरूको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरूलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकिर थियो ।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको शपथ ग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको तर्क समेत गरे।

अध्यक्ष ओलीले दुई तिहाइ पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको बताए।

खेलाडीहरूलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे। निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीहरूले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उहाँले सोही अनुसारको अघि बढ्न खेलाडीहरूको ध्यानाकर्षण गराए।

उनले भने ‘‘हामीले हाम्रै आन्दोलनमा देखेका छौँ । फउल खेल्नेहरूले दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाइको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए । विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीहरूलाई बुझाउने दुष्चेष्टा गरे । सबै गरे । तर तिनीहरूले वास्तविक सफलता हासिल गर्न सकेनन् ।’’

अध्यक्ष ओलीले एम्बाप्पे, मेसीजस्ता खेलाडीहरू नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved