‘ए’ डिभिजन लिग : सातदोबाटोको लगातार दोस्रो जित

नेपालभ्युज

‘ए’ डिभिजन लिग : सातदोबाटोको लगातार दोस्रो जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित निकालेको छ।

च्यासल रंगशालामा बुधबार भएको खेलमा सातदोबाटोले एपीएफ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो।

सातदोबाटोको लागि विलियमको गोल नै निर्णायक बन्यो। खेलको ५५औँ मिनेटमा विलियमले गोल गर्न सफल भए।

यससँगै सातदोबाटोले थप ३ अंक जोडेको छ। यसअघि, सातदोबाटोले न्युरोड टिम एनआरटीलाई पराजित गरेको थियो।

(तस्वीर–सुनील महर्जन )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved