नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

नेपालभ्युज

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो
फाइल फोटो

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

युएईमा लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली मंगलवार साँझ स्वदेश फर्किएको हो ।

युएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो । पपुवान्युगिनी र घरेलु टोलीसँग समान २÷२ खेल खेलेको थियो । जसमा पपुवान्युगिनीसँगका दुवै खेल जितेको थियो भने युएईसँगको पहिलो खेल हारेको थियो । नेपालले पपुवान्युगिनी र युएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ ।

नेपालसँगै युएई पनि नेपालमा हुने सिरिजका लागि आज नै नेपाल आएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवान्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा युएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ ।  विश्वकप लिग टुको अन्तिम खेलमा मार्च १६ (चैत २) मा युएईसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved