दक्षिण कोरियामा अब हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने

नेपालभ्युज

दक्षिण कोरियामा अब हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने

एजेन्सी। दक्षिण कोरियामा अब हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने भएको छ । सरकारले हप्तामा ५२ घण्टा काम गर्न पाउने निमयलाई परिवर्तन गरेर ६९ घण्टा पुर्‍याउने तयारी गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

कोरियाली सरकारले सोमबार प्रस्तुत गरेको नयाँ नियमअनुसार कम्पनीले चाहेमा अब कामदारहरुलाई हप्ताको ६९ घण्टासम्म काम लगाउन सक्ने व्यवस्था भएको खबरमा उल्लेख छ । यसअघि ४० घण्टा नियमित र १२ घण्टा ओभरटाइम गरी ५२ घण्टा काम गर्न पाउने व्यवस्था थियो ।

सन् २०२१ देखि पूर्ण रुपमा लागू भएको ५२ घण्टे व्यवस्थालाई रोजगारदाता कम्पनीहरुले विरोध गरेपछि सरकारले बढाएको हो । अब कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घण्टासम्म र हप्तामा ६९ घण्टासम्म काम लगाउन सक्नेछन् ।

नियममा कामदारले दिनको ११ घण्टा आराम अनिवार्य गरिने उल्लेख छ । नयाँ नियमअनुसार कम्पनीहरूले साप्ताहिक मात्र नभइ मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न पनि सक्नेछ ।

कोरियामा अहिले १६ वटा देशबाट ईपीएसमार्फत् झन्डै चार लाख जना कामदारले काम गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved