‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीलाई प्रवेश नि:शुल्क

नेपालभ्युज

‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीलाई प्रवेश नि:शुल्क

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीलाई प्रवेश नि:शुल्क गरिएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा परिचय पत्र लिएर आएका विद्यार्थीलाई प्रवेश गर्न दिइने भएको हो।

खेलको मुख्य अतिथि रहेका काठमाडौं महानगरका मेयर बालेन शाहले उद्घाटन गर्ने छन्। ‘नेपाली फुटबलको यो मेलामा सबैजना आ–आफ्नो क्षेत्रबाट सहभागी भएर खेलाडी तथा टोलीहरूलाई होसला प्रदान गर्न हुन हार्दिक अनुरोध गर्दछु।’, मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्।

उद्घाटन खेलमा खुमल्टार एफसी र फ्रेन्डस क्लबबीचको बेलुकी साढे ५ बजे आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved