७० वर्षे उमेरहद हटाए वामदेव गौतम एमालेमा फर्कन तयार

नेपालभ्युज

७० वर्षे उमेरहद हटाए वामदेव गौतम एमालेमा फर्कन तयार

काठमाडौं। नेकपा एमालेमा ७० वर्षे उमेरहद लगाएर आफूलाई बाहिर पुर्‍याएको भन्दै छुट्टै अभियान चलाउँदै आएका नेता वामदेव गौतमले त्यस्तो प्रावधान हटेमा आफू एमाले फर्किनेबारे सोच्ने बताएका छन्।

राष्ट्रपति निर्वाचन सन्दर्भमा गौतमलाई भेट्न उनकै निवास पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेता गौतमले यस्तो कुरा गरेका हुन्। नेता गौतम राष्ट्रिय सभा सदस्य छन्। राष्ट्रपति निर्वाचनमा उनको मतभार ८८ छ।

भेटमा एमाले अध्यक्ष ओलीले नेता गौतमसँग राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्नुको साथै पार्टीमा फर्कन आग्रहसमेत गरेका थिए। गौतमकै निजी निवास भैंसेपाटीमा बुधबार दिउँसो दुई नेताबीच कुराकानी भएको हो।

भेटमा अध्यक्ष ओलीले एमाले पार्टी पनि तपाईंकै हो, तपाईंले नै निर्माण गरेको पार्टी भन्दै पार्टीमा फर्कन आग्रह गरेको र नेता गौतमले पहिला ७० वर्षे उमेरहदको प्रावधान हटाउनुस् अनि सोचौँला भनेको स्रोतले बतायो ।

नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका छन् । गौतमले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि छलफल गर्दै आएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved