सर्वोच्च अदालतले दियो सन्दीप लामिछानेलाई विदेश जाने अनुमति

थुनामा राख्न आवस्यक नरहेको ठहर

नेपालभ्युज

सर्वोच्च अदालतले दियो सन्दीप लामिछानेलाई विदेश जाने अनुमति

काठमाडौ‌ं। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने र विदेश जान पाउने गरी आदेश गरेको छ ।

सर्वोच्चले उनलाई थुनामा राख्न पनि आवस्यक नरहेको ठहर गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले सोमबार उक्त आदेश गरेको हो ।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो । पुनरावेदनमा थुनामै राख्न माग गरिएको थियो ।

तर इजलासले थुनामा राख्न नपर्ने गरी आदेश दिएको छ । सर्वोच्चले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको उच्च अदालतको आदेश सदर गरेको छ ।

नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो ।

सन्दीपले विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित निवेदन दिएका थिए । उक्त निवेदनमा माग गरिए अनुसार नै सर्वोच्चले आदेश दिएको छ ।  दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरिएको थियो ।

सर्वोच्चको पछिल्लो आदेशसँगै सन्दीप यूएईमा जारी विश्वकप क्रिकेट लिग २ खेल्न जान पाउने भएका छन्। युएईमा नेपालले आगामी खेल आयोजकविरुद्ध खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved