प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिका विषयमा २ घण्टा छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवारबारे छलफल भएको हो ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिका विषयमा २ घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे बुधबार दुई घण्टा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवारबारे छलफल भएको हो । यद्यपी सहमति भने जुटिनसकेको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा अध्यक्ष ओलीले पूर्व सहमतिअनुसार आफूले अघि सार्ने उम्मेदवारलाई माओवादीले समर्थन गर्नुपर्ने धारणा दोहोर्‍याएका थिए । तर प्रचण्डले बदलिएको परिस्थितिमा राष्ट्रिय सहमति खोज्नुपर्ने पुरानै अडान राखे ।

सत्ता गठबन्धन पनि नभत्किने र सबैलाई मान्य हुने पात्रबारे समेत दुईबीच छलफल भएको स्रोतको दाबी छ । त्यसका लागि दुवैले केही नाम प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम अघि सारेको बालकोट निकट स्रोतले जनाएको छ ।

राष्ट्रपतिका कारण वर्तमान गठबन्धन तोडिन नहुनेमा भने दुवै नेताले सहमति जनाएका थिए । तर पात्रको बारेमा अझै सहमति जुट्न सकेको छैन ।

राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गर्ने संकेत देखिएपछि एमाले वर्तमान गठबन्धन जोगाउन लागिपरेको छ । यदि राष्ट्रपति चुनावमा माओवादी कांग्रेससँग मिले वर्तमान गठबन्धन भत्किने एमालेको विष्लेषण छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved