लिग-२ क्रिकेट

रोहितको कप्तानी पारीमा नेपालको लगातार चौथो जित

जारी सिरिजमा नेपालले चारवटै खेल जितेको छ । यो जितले नेपालको एकदिवसीय मान्यता कायम रहने सम्भावना बढाउनुका साथै विश्वकप खेल्ने आशा समेत जगाएको छ ।

नेपालभ्युज

रोहितको कप्तानी पारीमा नेपालको लगातार चौथो जित

काठमाडौं। विश्वकप लिग–२  क्रिकेट  सिरिजमा नेपालले लगातार चौथो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो ।

जारी सिरिजमा नेपालले चारवटै खेल जितेको छ । यो जितले नेपालको एकदिवसीय मान्यता कायम रहने सम्भावना बढाउनुका साथै विश्वकप खेल्ने आशा समेत जगाएको छ ।

नेपालले यसरी लगातार चार जित निकालेको पहिलो पटक हो ।

२१३ रनको लक्ष्य नेपालले ८ विकेट क्षतिमा ३५ बल बाँकी छँदै पूरा गरेको थियो । संकटमा परेको नेपाली इनिङ्सलाई कप्तान रोहित कुमार पौडेलले सम्हाल्दै जितसम्म लगेका थिए ।

रोहितले अविजित ९५ रन बनाए । उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए । यो रोहितको व्यक्तिगत सातौं अर्धशतक हो । उनलाई अन्तिम क्रमका ब्याट्स्म्यान करण केसीले साथ दिए । करणले अविजित ३१ रन बनाए ।

ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७ र असिफ सेखले १२ रनको योगदान गरे । स्कटल्यान्डका मार्क वाटले ३, क्रिस ग्रिव्सले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भएको थियो। जर्ज मुन्सेले ६० र म्याथ्यू क्रसले ४२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४, करन केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए।

यो जितसँगै नेपालको २६ अंक भएको छ । अब नेपालले लिग २ मा ८ खेल खेल्न बाँकी छ । ति मध्ये ४ पीएनजी र ४ यूएईसँग खेल्नेछ । स्कटल्यान्ड लिग २ को विजेता भएको छ । उसले सबै ३६ खेल खेलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved