रिहा हुँदै सांसद अरुण चौधरी

नेपालभ्युज

रिहा हुँदै सांसद अरुण चौधरी

काठमाडौं । कैलाली २ बाट प्रतिनिधि सभामा निर्वाचित नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद अरुण चौधरी आइतबार रिहा हुँदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरिदिएसँगै उनी रिहा हुन लागेका हुन् । चौधरीको नाम सोही सूचीमा छ ।

चौधरीले माफीका लागि राष्ट्रपतिलाई निवेदन पनि पेस गरेका थिए ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved